धनगढी,७ साउन
कैलाली जिल्लामा अतिक्रमित बन क्षेत्र हटाउन तिब्रता दिईएकाे छ । नयाँ आर्थिक बर्ष सुरु भएसंगै डिभिजन वन कार्यालय कैलालीले जिल्लाका विभिन्न ठाउँमा अतिक्रमण गरिएका बन क्षेत्र खाली गराउन सुरु गरेकाे हाे । डिभिजन बन कार्यालय कैलालीका बरिष्ट डिभिजन वन अधिकृत कृष्णदत्त भट्टले पछिल्लाे १० बर्ष यता अतिक्रमण गरिएका वन क्षेत्र खाली गराउन सुरु गरिएकाे बताउनु भयाे ।
उहाँका अनुसार मंगलबार मात्र गाैरिगंगा नगरपालिका स्थित सरस्वति सामुदायिक वन क्षेत्रमा अतिक्रमित ४ हेक्टर वन क्षेत्र खाली गरिएकाे छ । जिल्लाभर झण्डै २० हजार हेक्टर वन अतिक्रमणकाे चपेटामा परेकाे अनुमान गरिएकाे छ । अधिकृत भट्टले साउन महिना भित्र अतिक्रमित बन क्षेत्र खाली गराउने याेजना रहेकाे बताउनुभयाे । उहाँले तत्काल फुलबारी रेन्जरपाेष्ट अन्तर्गत दुई ठाउँमा र गाेदावरी नगरपालिकाकाे एक ठाउँमा अतिक्रमित वन क्षेत्र खाली गराउने बताउनुभयाे ।
प्रतिकृया दिनुहोस