कञ्चनपुर सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको पुनर्वासमा बनाउन लागेको सडक कमजोर मात्रै होईन गुणस्तहिन बनाईरहेको छ । गत आर्थिक बर्ष ०८१/०८२को अन्तिमतिर बजेट लिने उदेश्यले हतारहतारमा बर्षासंगै बनाएको पुर्नवास नगरपालिका ९ विचफाँटा क्षेत्रमा सडक साता नवित्दै भत्किन लागेको हो । तीन बर्ष अघि पूर्वाधार विकास कार्यालय कञ्चनपुरले बिचफाँटादेखि त्रिभुवनबस्तीसम्म उक्त सडक निर्माणका लागि शंकरजोशी भेजीलाई ठेक्का दिएको थियो । पूर्वाधार विकास कार्यालयले आर्थिक बर्ष ०७९/०८०मा शकरजोशी जेभीलाई १७किलोमिटर कालोपत्रेका लागि १६करोड २५लाख, १७ हजार बजेटमा ०८१ असार मसान्तभित्रै पुरा गर्नुपर्ने पहिलो सम्झौता अनुरुप ठेक्का दिएको जनाएको छ ।
०८१असार मसान्तभित्रै उक्त सडक निर्माण गरिसक्नुपर्ने भएपनि एक बर्ष बढि समय लगाउँदा समेत सडक पुरा निर्माण गरेर सरकारलाई जिम्मा लगाउनुको साटो ठेकेदारले गुणस्तहिन बनाउन थालेपछि जनता आक्र्रोसित भएका छन । उसैपनि हरेक बजेट निर्माणका क्रममा प्रदेश सरकारलाई योजना बेचबिखन भएको स्वयम संसदहरुले नै खुलेयाम आरोप लगाउँदै आईरहेका बेला प्रदेश सरकारले जनताबाटै संकलन गरेको करबाट निर्माण भईरहेको सडकमा अनियमितता अत्याचार भएको भन्दै आक्रोसित भएका हुन । स्थानीय रवि क्षेत्रीयले निर्माण भएको एक साता पुरा नहुँदै पक्की सडक भत्किन लागेको बताए । उनले यतिसम्म सडक कमजोर बनाएर बजेट कुल्याउन खोजिएको आरोप लगाए । ‘यो पक्की सडक हो, निर्माण गरेकै समयमा भत्किन लागेको छ, ‘उनले भने, ‘शुरुवाती चरणदेखि भत्किन लागेको सडक निर्माणमा अनियमितता भएको छ ।’ अर्का स्थानीय युवा अनिल सुुनारले जिल्ला मुकाम र प्रदेश राजधानीदेखि दुर्गम गाँउबस्तीमा रहेको सडक कमजोर बनाएर जनतालाई झुक्याउन खोजिएको बताए ।
‘यो गाँउमा कनिका छरेजस्तो सडक बनाएर प्रदेश सरकारले के गर्न खोजेको हो, ‘उनले भने, ‘यतिसम्मकी सडक पुरा निर्माण नहुँदै भत्किन लागेको छ ।’ बर्षातका बेला बनाएको सडक कमजोर बनाएर बर्षातलाई दोषारोपण गर्ने प्रदेश सरकारका कर्मचारी र ठेकेदारको प्रपञ्च रहेको उनको दावि छ । स्थानीयले सडक मापदण्ड अनुरुप गुणस्तरिय निर्माण नगरे आन्दोलनको चेतावनी दिएका छन । पुर्नवास नगरपालिका ९ का वडाध्यक्ष नर बहादुर विकले प्रदेश सरकारले स्थानीय सरकारसंग समन्वय बिनै निर्माण गरिरहेको सडक गुणस्तहिन भएको बताए । वडाध्यक्ष सुनारले निर्माणकै छोटो समयमा भत्किन, चिरा पर्न थालेपछि सडक गुणस्तहिन भएको दावि गरेका छन । उनले मापदण्ड अनुरुप सडक निर्माणमा जोड दिएका छन ।
पुर्नवास नगरका मेयर तोय प्रशाद शर्माले नागरिक स्तरबाट गुणस्तहिन सडक बारे पटक पटक गुनासो आएको बताए । मेयर शर्माले प्रदेश सरकारले पुर्नवासमा सडक निर्माण गर्दा गुणस्तर ध्यान नदिएपछि जनता आक्रोसित भएर पालिका सरकारमाथि खनिएको बताए ।मेयर गुणस्तरिय मापदण्ड अनुरुप सडक निर्माणका लागि पालिका सरकारले सम्बन्धीत निकायको ध्यानाकर्षण गराउने प्रतिबद्धता जाहेर गरेका छन ।
पूर्वाधार विकास कार्यालय कञ्चनपुरले सडक गुणस्तरिय निर्माण नभए नभएकोबारे स्थलगत अनुगमन गरिने जनाएको छ । पूर्वाधार विकास कार्यालय कञ्चनपुरका प्रमुख योगेन्द्र अधिकारीले यक्त सडक पुरा निर्माण नभएको बताउँदै हालसम्म ७० प्रतिशत मात्रै सम्पन्न भएको बताए । ‘हामीले कहिकतै भत्किएको त्रृटी भेटिएको भए पुर्ननिर्माण गर्न निर्माण कम्पनीलाई पत्राचार गरेका छौँ, ‘उनले भने, ‘सडक मापदण्ड सम्झौता अनुरुप बनाउन कार्यालयले कुनै कसर बाँकी राख्दैन ।’नयाँपत्रिकाबाट
प्रतिकृया दिनुहोस