धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बेहडाबाबा मन्दिरलाई धार्मिक पर्यटन क्षेत्रको रुपमा विकास गर्नुपर्ने बताएका छन् ।
बेहडाबाबा मन्दिर व्यवस्थापन समिति धनगढी उपमहानगरपालिका–१६ रामपुर कैलालीले आयोजना गरेको बेहडाबाबा श्रावण मेला एकमास शिव महापुराण धार्मिक मेला महा–महोत्सव २०८२ को आज उदघाटन गर्दै उनले सो कुरा बताएका हुन् ।
उनले बेहडाबाबा मन्दिरलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय धार्मिक क्षेत्रका रुपमा चिनाउनको लागि सबै लाग्नुपर्नेमा जोड दिए । धनगढी–बेहडाबाबा मन्दिरलाई जोड्ने शिवगंगा नदीमा पुल निर्माणको ढिलाइ कारण खोजी गर्न र निर्माण कम्पनीलाई बोलाएर त्यसलाई अगाडि बढाउन आर्थिक मामिला राज्यमन्त्री प्रकाश बमलाई निर्देशनसमेत दिए ।
उनले प्रदेश सरकारले करिब १३ करोड यस क्षेत्रको विकासका लागि विनियोजित गरेको बताए ।
प्रतिकृया दिनुहोस