धनगढीमा भीषण आगलागी आठवटा सटरमा क्षति

युग संवाददाता     61 पटक पढिएको    

धनगढीमा भीषण आगलागी आठवटा सटरमा क्षति

 

धनगढी  कैलालीमा आगलागीमा परी आठवटा सटरमा क्षति पुगेको छ । जिल्लाको धनगढी उपमहानगरपालिका–४ स्थित नास्ट कलेज नजिकै आइतबार राति भएको भीषण आगलागीमा आठवटा सटरमा क्षति पुगेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार विद्युत् सर्ट भएर लागेको आगोले विश्वप्रकाश कँडेलले सञ्चालन गर्दै आएको हेलेन ट्रेड एण्ड सप्लायर्सका चार वटा सटर, परिवर्तन इम्पेक्स कपडा होलसेल पसलका तीन वटा सटर र सेन्टर पोइन्ट रेस्टुरेन्टमा क्षति पुर्‍याएको हो ।

राति करिब पौने ११ बजे सुरु भएको आगलागी स्थानीय, सुरक्षाकर्मी र दमकलको सहकार्यमा राति १२ बजे नियन्त्रणमा लिइएको थियो । आगो नियन्त्रणका लागि प्रहरी उपरीक्षक एसपी बालनरसिंह राणाको कमाण्डमा नेपाल प्रहरीका ४५ जना र सशस्त्र प्रहरी निरीक्षक सरोज खतिवडाको कमाण्डमा २५ जना सशस्त्र प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानायको छ ।
आगो नियन्त्रणमा ल्याउन धनगढी उपमहानगरपालिकाका दुईवटा र गोदावरी नगरपालिकाको एकवटा दमकल प्रयोग गरिएको थियो । आगलागीका कारण सटरभित्र रहेका सामान पूर्ण रूपमा जलेर नष्ट भएका छन् । क्षतिको विवरण भने आउन बाँकी रहेको छ ।



सोमबार ०६, साउन २०८२ ०६:२४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal