२०७९ असोज २२ गते शनिबार युग संवाददाता
राष्ट्रपति विद्यादेवी भण्डारी भाइरल ज्वरोका कारण महाराजगञ्जस्थित शिक्षण अस्पताल भर्ना भएकीछन ।२०७९ असोज २२ गते शनिबार युग संवाददाता
प्युठानको माण्डवी गाउँपालिका-४ फरिण्डेमा पहिरोमा परेर बेपत्ता भएका ६ मध्ये ३ जनाको शव आज भेटिएको छ । फरिण्डेका ५५ वर्षीया थमा बुढामगर, २१ वर्षीया टेकी राहुँ र १८ वर्षीया मौसमी थापामगरको शव भेटिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरिक्षक सुशील थापाले जानकारी दिए ।२०७९ असोज २२ गते शनिबार युग संवाददाता
दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा २ सशस्त्र प्रहरीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत राप्ती गाउँपालिका–३ मुसरियामा शुक्रवार राति करीब १० बजे लु४०प ४९२२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा त्यसमा सवार भालुवाङस्थित सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ नम्बरमा कार्यरत दुवै सशस्त्र प्रहरीको मृत्युु भएको हो ।२०७९ असोज २२ गते शनिबार युग संवाददाता
हाल नेपालमा मध्य९पश्चिम बङ्गालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।२०७९ असोज २१ गते शुक्रबार युग संवाददाता
विगत केही दिनदेखिको अविरल वर्षाका कारण गोरखा जिल्लास्थित मनास्लु इलाकाको न्याक गाउँमा आएको पहिरोले असोज २० गतेदेखि फसेका दुई जना इजरायली नागरिकहरू र छ जना नेपालीको उद्धार गरिएको छ ।२०७९ असोज २१ गते शुक्रबार युग संवाददाता
अमेरिकाले सन् २०२४ का लागि डीभीको आवेदन खुला गरेको छ।गएराति राति ९ः४५ बजेबाट खुला भएको आवेदन २२ कात्तिक २०७९ सम्म जारी रहने काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ।२०७९ असोज २१ गते शुक्रबार युग संवाददाता
बारास्थित सशस्त्र प्रहरी गस्ती टोलीले एउटा अटो रिक्साबाट ठुलो मात्रामा लागु औषध चरेस बरामद गरेको छ ।२०७९ असोज २१ गते शुक्रबार युग संवाददाता
पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको तीन नम्बर पुल नजिक भएको बस दुर्घटनामा मृत्यु हुनेको सख्या १७ जना पुगेको छ ।२०७९ असोज २० गते बिहिबार युग संवाददाता
बारामा बिहीबार बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुगेको छ । यसअघि विभिन्न अस्पताल स्रोतले १४ जनाको मृत्यु भएको पुष्टि गरेको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एवं एसपी बामदेव क्षेत्रीका अनुसार चितवन पठाइएका एक घाइते र चुरेहिल अस्पतालमा उपचारका क्रममा थप एक घाइतेको मृत्यु भएको हो ।२०७९ असोज २० गते बिहिबार युग संवाददाता
सन्दीपको आफ्नो वकिललाई भेटेर आत्मसमर्पण गर्ने माग प्रहरीले अस्वीकार गरेको छ ।२०७९ असोज २० गते बिहिबार युग संवाददाता
बाराको जीतपुरसिमरा उपमहानगरपालिका २२ स्थित तीन नम्बर पुल नजिकै यात्रुवाहक बस पल्टिँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । हेटौँडाबाट पथलैया आउँदै गरेको बा।प्र ०६-००१ ख ०११० नम्बरको बस खोलामा झरेको हो ।२०७९ असोज २० गते बिहिबार युग संवाददाता
अविरल वर्षासँगै खोलाले बगाएको दाङमा एक जनाको मृत्यु भएको छ ।२०७९ असोज २० गते बिहिबार युग संवाददाता
मङ्गलबार रातिदेखि परेको अविरल वर्षाका कारण राप्ती नदीमा खतराको तह पार गरेको छ । लगातारको अविरल वर्षाले बाँकेको कुसुमस्थित राप्ती नदीमा पानीको सतह छ दशमलव ३२ मिटर पार गरेको छ । राप्ती नदीमा पानीको सतह पाँच मिटर ४० सेन्टिमिटर पुगेपछि खतरा मानिन्छ ।२०७९ असोज २० गते बिहिबार युग संवाददाता
नेपाली क्रिकेटर सन्दीप लामिछाने आज बिहान नेपाल आइपुग्दैछन्। किशोरीलाई बलात्कार गरेको आरोप लागेका उनले सामाजिक सञ्जालमार्फत बिहीबार बिहान १० बजे त्रिभुवन अन्तर्रराष्ट्रिय विमानस्थल काठमाडौं आइपुग्ने जनाएका हुन्।२०७९ असोज १८ गते मङ्गलबार युग संवाददाता
मासु खाँदा घाँटीमा अड्किएर चितवनका एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका–८ गैरिबारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्री रहेका छन् ।२०७९ असोज १८ गते मङ्गलबार युग संवाददाता
सिरहाको नरहा गाउँपालिका-५ बाट नक्कली नेपाली रूपैयासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।२०७९ असोज १८ गते मङ्गलबार युग संवाददाता
सर्पले डसेर हुम्लामा एक जनाको मृत्यु भएको छ । पशुुपालन गर्दैआएका उनको खर्कमा सुतेको अवस्था सर्पको टोकाइबाट मृत्यु भएको हो ।२०७९ असोज १८ गते मङ्गलबार युग संवाददाता
गत भदौ ९ गतेदेखि बेपत्ता उदयपुरको त्रियुगा नगरपालिका–२ खैजनपुरकी वडा सदस्य छत्रकुमारी थापा (राउत) को शव आइतबार भेटिएको छ । उनको शव ३८ दिनपछि फेला परेको हो ।२०७९ असोज १७ गते सोमबार युग संवाददाता
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट दसैँ मनाउनका लागि झण्डै ७० हजार नागरिक बाहिरिएका छन् । असोज १० गतेदेखि आइतबारसम्म उक्त सङ्ख्यामा नागरिक प्रदेश राजधानीबाट बाहिरिएका हुन् ।२०७९ असोज १७ गते सोमबार युग संवाददाता
दसैँ बिदाको अवधिभरमा काठमाडौं महानगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा दिने भएको छ । दसैँ बिदामा प्राय एम्बुसेन्स सेवा बन्द हुने र सो अवधिमा नागरिक बिरामी पर्दा एम्बुलेन्स नपाउने समस्या नपरोस् भन्दै महानगरले नागरिकको सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा दिनथालेको हो ।२०७९ असोज १७ गते सोमबार युग संवाददाता
पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका–१५ चुरियामाई मन्दिर नजिकै सोमबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।२०७९ असोज १७ गते सोमबार युग संवाददाता
धौलागिरि गाउँपालिका–५ मल्कबाङका स्थानीय लालबहादुर छन्त्यालको घरमा विसं १९०४ मिति उल्लेख भएर बनाइएका तामाका भाँडाकुँडा छन् ।२०७९ असोज १७ गते सोमबार युग संवाददाता
लामो प्रसव पीडामा रहेकी एक महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।२०७९ असोज १६ गते आइतबार युग संवाददाता
हवाई उडान नहुँदा कर्णालीको दुर्गम जिल्ला जाने यात्रुले विजयादशमी, शुभ दिपावली र छठ पर्वमा घर जान सकेका छैनन् । उनीहरु नेपालगञ्जमै अलपत्र परेका छन् ।२०७९ असोज १६ गते आइतबार युग संवाददाता
गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको गुल्मी दरबार गाउँपालिकाको निर्माणाधीन अस्पतालमा काम गरिरहेका बेला करेन्ट लागेर भारतको छोटावासीनभार ग्राम परमानन्दपुर पोष्ट वसन्तपुरका २८ वर्षीय मोहमद आजातको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।