२०७९ साउन २९ गते आइतबार युग संवाददाता
सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ कार्यान्वयनमा ल्याउन सबै प्रदेश सहमत भएका छन् ।२०७९ साउन २८ गते शनिबार युग संवाददाता
रूकुम (पूर्व)को पुथा उत्तरगंगा गाउँपालिका-११ तल्लोसेरा भन्ने स्थानमा लु.१ झ ६६० नम्बरको गाडी सडकबाट अन्दाजी १५० मिटर तल खसेर शनिबार बिहान दुर्घटना हुँदा गाडीमा सवार प्रहरी जवान लक्ष्मण पुनको मृत्यु भएको छ भने ५ जना प्रहरी कर्मचारीहरू घाइते भएका छन् ।२०७९ साउन २७ गते शुक्रबार युग संवाददाता
मिटरब्याज नियन्त्रणका लागि गृह मन्त्रालयले कार्यदल गठन गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि गृहमन्त्री बालकृष्ण खाणले सह–सचिव डा।भिष्मकुमार भुसालको संयोजकत्वमा कार्यदल गठन गरेका हुन् ।२०७९ साउन २७ गते शुक्रबार युग संवाददाता
कपिलवस्तुको मायादेवी गाँउपालिका–१ बर्रोहियामा हिजो बेलुकी ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।२०७९ साउन २७ गते शुक्रबार युग संवाददाता
गोसाइँकुण्ड पुगेर फर्कने क्रममा बिरामी परेका एक जनाको उद्धार गरिएको छ। जनैपूर्णिमा मेला भर्नका लागि गोसाइँकुण्ड पुगेकी नुवाकोटको ककनी गाउँपालिका-८ की ५० वर्षीया नारायणी भण्डारीको उद्धार गरिएको हो।२०७९ साउन २७ गते शुक्रबार युग संवाददाता
झापाको शिवसताक्षी नगरपालिका–९ स्थित कन्काई नहरमा पौडी खेल्न गएका दुई बालबालिकाको बिहीबार डुबेर मृत्यु भएको छ ।२०७९ साउन २७ गते शुक्रबार युग संवाददाता
खाडी मुलुक साउदी अरबमा अवैधानिक रुपमा बसेका ९३ जना नेपालीले बहिर्गमन (एक्जिट) भिसा पाएका छन् । रियादस्थित नेपाली दूतावासका अनुसार ५ देखि ११ अगष्टसम्मको अवधिमा रियाद र दमामबाट एक्जिट भिषाका लागि प्रक्रिया थालिएकामध्ये ९३ जना नेपालीले सो भिषा प्रप्त गरेका हुन ।२०७९ साउन २७ गते शुक्रबार युग संवाददाता
तिब्बतमा कोभिड सङ्क्रमण दर बढेको भन्दै तातोपानी नाका बन्द भएको छ । तीन दिनअघिदेखि उक्त नाकाबाट चिनियाँ सामान आयात भएको छैन ।२०७९ साउन २७ गते शुक्रबार युग संवाददाता
आज श्रावणशुक्लपक्ष पूर्णिमा अर्थात् जनै पूर्णिमा ऋषितर्पणी । आज रक्षाबन्धन पनि हो । आजको दिन तागाधारीले जनै लगाउने र रक्षासूत्र डोरो बाध्ने गरिन्छ ।२०७९ साउन २७ गते शुक्रबार युग संवाददाता
हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा दक्षिणमा अवस्थित रहेको छ।२०७९ साउन २६ गते बिहिबार युग संवाददाता
रवि लामिछानेको नेतृत्वमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रचार सामग्री च्यातिएको छ । बागमती प्रदेशको राजधानी हेटौँडामा सो पार्टीले आयोजना गर्न लागेको बागमती प्रदेश भेलाको प्रचार सामग्री च्यातिएको हो ।२०७९ साउन २६ गते बिहिबार युग संवाददाता
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाभियोगमाथि शुक्रबारदेखि अध्ययन सुरु हुने भएको छ ।काठमाडौँ उपत्यका बाहिर रहेका समिति सदस्यहरू फर्किइसकेकाले जबराविरुद्धको महाभियोगमाथि शुक्रबारदेखि अध्यन शुरु हुने भएको हो ।२०७९ साउन २६ गते बिहिबार युग संवाददाता
यसवर्ष जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन परेको छ ।नेपाल पञ्चाङ्ग निर्णायक समितिकाअनुसार आज बिहान ९ बजेर ४४ मिनेटदेखि नै पूर्णिमा सुरु हुनेछ ।२०७९ साउन २६ गते बिहिबार युग संवाददाता
भरतपुर महानगरपालिका – २९ जुगेडीमा गएराती ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ। ट्रकको ठक्करबाट अन्दाजी २५ वर्षीय युवकको मृत्यु भएपनि मृतकको भने सनाखत हुन अझै बाँकी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।२०७९ साउन २६ गते बिहिबार युग संवाददाता
दाङको देउखुरीमा एक विद्यार्थी शिक्षकबाट निर्घात रुपमा कुटिएर गम्भीर घाइते बनेका छन् । राजपुर गाउँपालिका वडा नम्बर ३ खरदरिया निवासी १९ वर्षीय मन्साराम यादव आफ्नै शिक्षकबाट कुटिएका हुन् ।२०७९ साउन २५ गते बुधबार युग संवाददाता
राष्ट्रियसभाका सांसदले मुलुकका धेरै जिल्लामा विपद्जन्य घटना निम्तिएको र यसले जनधनको क्षति भएको उल्लेख गर्दै प्रभावितको उचित व्यवस्थापन र राहत दिन सरकारको ध्यानाकर्षण गराए।२०७९ साउन २५ गते बुधबार युग संवाददाता
ललितपुर महानगरपालिकामा बसोबास गर्ने ज्येष्ठ नागरिकले रु १० हजार भत्ता पाउने भएका छन् । ज्येष्ठ नागरिकले चाडपर्व हाँसीखुसी मनाउन पाउन् भनी महानगरपालिकाले उक्त काम अघि बढाउने भएको हो ।२०७९ साउन २५ गते बुधबार युग संवाददाता
नेपाली कला क्षेत्रका वरिष्ठ छायाँकार बिदुर पाण्डेको निधन भएको छ । बुधबार बिहान हृदयघातका कारण उनको निधन भएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले बताए ।२०७९ साउन २४ गते मङ्गलबार युग संवाददाता
सप्तरीमा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ । विष्णुपुर गाउँपालिका कट्टिस्थित मुसहरीमा रहेको सार्वजनिक पोखरीमा कमलको फूल टिप्ने क्रममा ३५ वर्षीय शिव शंकर सदाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।२०७९ साउन २४ गते मङ्गलबार युग संवाददाता
कैलाली, कपिलवस्तु र मकवानपुरबाट अवैध लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।२०७९ साउन २४ गते मङ्गलबार युग संवाददाता
कैलाली भन्सार कार्यालयको टोलीले भारतबाट अवैध रुपमा ल्याइरहेको समान बरामद गर्न खोज्दा लफडा भएको छ ।२०७९ साउन २३ गते सोमबार युग संवाददाता
विनयी त्रिवेणी गाउँपालिकामा जंगली च्याउ खाँदा पाँच जना बिरामी परेका छन्। आइतबार दिउँसो जंगलबाट टिपेर ल्याएको च्याउ पकाएर खाँदा पाँच जना बिरामी परेको प्रहरीले जनाएको छ।२०७९ साउन २३ गते सोमबार युग संवाददाता
पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको वीरेन्द्रबजारमा यात्रुवाहक बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ ।२०७९ साउन २३ गते सोमबार युग संवाददाता
जिल्लाको कृष्णपुर नगरपालिका–५ गुलरियाका ४८ वर्षीय गणेश देउवाको मलेशियामा आइतवार मृत्यु भएको छ।२०७९ साउन २३ गते सोमबार युग संवाददाता
अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्य चार महिनायता प्रतिब्यारेल झन्डै २५ डलरले घटेको छ।