२०७९ मङि्सर ०८ गते बिहिबार युग संवाददाता
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधिसभा सदस्यमा गोरखा क्षेत्र नम्बर २ बाट विजयी भएका छन् । प्रचण्ड २६ हजार १ सय ३ मतसहित दाहाल विजयी बनेका हुन् ।२०७९ मङि्सर ०८ गते बिहिबार युग संवाददाता
कैलाली क्षेत्र नं. १ मा नागरिक उन्मुक्ति पार्टीको जित सुनिश्चित भएको छ ।२०७९ मङि्सर ०८ गते बिहिबार युग संवाददाता
। प्रतिनिधिसभा अन्तर्गत चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने विशाल मतान्तरका साथ विजयी भएका छन् ।२०७९ मङि्सर ०८ गते बिहिबार युग संवाददाता
डोटी जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा प्रेमबहादुर आले निर्वाचित भएका छन् । बिहिबार बिहान मतगणना सम्पन्न हुँदा एकीकृत समाजवादीका उम्मेदवार आलेले नेकपा एमालेका उम्मेदवार गौरी ओलीलाई ४ हजार २०६ मतान्तरले हराएका हुन् ।२०७९ मङि्सर ०८ गते बिहिबार युग संवाददाता
बैतडी प्रदेश सभा १ मा नेकपा एमालेका उम्मेदवार सुरेन्द्र पाल विजयी भएका छन्। उनी १२ हजार ८३१ मतका साथ विजयी भएका हुन्।२०७९ मङि्सर ०८ गते बिहिबार युग संवाददाता
बझाङबाट नेकपा एकीकृत समाजवादीका नेता भानुभक्त जोशी प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् ।२०७९ मङि्सर ०७ गते बुधबार युग संवाददाता
/ कञ्चनपुर क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका प्रतिनिधि सभा उम्मेदवार रमेश लेखक निर्वाचित भएका छन् । लेखकले निकटतम प्रतिस्पर्धी एमालेकी निरुदेवी पाललाई १२ हजार ७७ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् ।२०७९ मङि्सर ०७ गते बुधबार युग संवाददाता
बाजुराका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय प्रमुख, मुख्य निर्वाचन अधिकृतमाथि अनेरास्ववियुका कार्यकर्ताले आक्रमण गरेका छन्।२०७९ मङि्सर ०७ गते बुधबार युग संवाददाता
कैलाली ४ मा गठबन्धनका उम्मेदवार काँग्रेस नेता वीर बहादुर बलाएर विजयी भएका छन् । एमाले उम्मेदवार लेखराज भट्टलाई पराजित गर्दै बलायर विजयी भएका हुन् ।२०७९ मङि्सर ०७ गते बुधबार युग संवाददाता
कैलाली क्षेत्र नम्बर ५ मा नेपाली काँग्रेसका प्रतिनिधि सभा उम्मेदवार डिल्लीराज पन्तले अग्रता कायमै राखेका छन् ।२०७९ मङि्सर ०७ गते बुधबार युग संवाददाता
कैलाली-४ को मतगणना पुन: सुरु भएको छ ।अर्धकट्टी सहितको मत बाकसमा भेटिएपछि तीन घण्टा देखि मतगणना स्थगित भएको थियो । अहिले सहमति जुटिसकेकोले मतगणना सुरु भएको जनाएको छ ।२०७९ मङि्सर ०७ गते बुधबार युग संवाददाता
जसपाका अध्यक्ष उपेन्द्र यादवलाई हराउँदै जनमत पार्टीका अध्यक्ष सीके राउत प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । बुधबार सम्पन्न मतगणनामा सीके राउत सप्तरी २ बाट विजयी भएका हुन् ।२०७९ मङि्सर ०७ गते बुधबार युग संवाददाता
कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र २ को प्रदेशसभा २ मा वाम लोकतान्त्रिक गठबन्धन (काँग्रेस) का उम्मेदवार बहादुर सिंह थापा विजयी भएका छन्।२०७९ मङि्सर ०७ गते बुधबार युग संवाददाता
कैलालीको क्षेत्र नं.१ मा नागरिक उन्मुक्ति पार्टीको सुरुवाती अग्रता कायमै रहेको छ।२०७९ मङि्सर ०७ गते बुधबार युग संवाददाता
दार्चुला प्रदेशसभा (१)मा नेपाली कांग्रेसका बिक्रमसिंह धामी निर्वाचित भएका छन्। नेकपा एमालेका उम्मेदवार हरदेव जोशीलाई पराजित गर्दै धामी निर्वाचित भएका हुन्।२०७९ मङि्सर ०७ गते बुधबार युग संवाददाता
कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ मा नेपाली कांग्रेसका एनपी साउदले अग्रता कायम राखेका छन्। १५ हजार ३ सय ८१ मतगणना हुँदा साउद ३ हजार ६६ मतले अगाडि छन्।२०७९ मङि्सर ०७ गते बुधबार युग संवाददाता
कञ्चनपुर क्षेत्र नम्बरमा नेपाली काँग्रेसका प्रतिनिधि सभा उम्मेदवार रमेश लेखकले सात हजार भन्दा बढी मतले अग्रता लिएका छन्२०७९ मङि्सर ०७ गते बुधबार युग संवाददाता
बझाङमा नेकपा एमालेका प्रतिनिधि सभा सदस्य उम्मेदवार नेता ऐन बहादुर महरले अग्रता कायमै राखेका छन् ।२०७९ मङि्सर ०७ गते बुधबार युग संवाददाता
प्रतिनिधि सभाको समानुपातिकतर्फ एमालेले दुईलाख मत कटाएको छ । पछिल्लो विवरण अनुसार समानुपातिकतर्फ नेकपा एमालेले २ लाख ५ हजार ८ सय ४८ मत आएको छ ।२०७९ मङि्सर ०७ गते बुधबार युग संवाददाता
कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधिसभातर्फ नेकपा एमालेका उम्मेदवार तारालामा तमाङ दोब्बर मतले अगाडि छन्।२०७९ मङि्सर ०७ गते बुधबार युग संवाददाता
बझाङमा नेकपा एमालेका प्रतिनिधि सभा उम्मेदवार ऐन महरले अग्रता कायमै राखेका छन् । एमालेका महरले १३ हजार चार सय ४० मत ल्याएका छन् ।२०७९ मङि्सर ०७ गते बुधबार युग संवाददाता
गुल्मी क्षेत्र नम्बर २ बाट नेकपा एमालेका सचिव गोकर्ण विष्ट निर्वाचित भएका छन्। विष्ट २२ हजार ६८४ मतसहित विजयी भएका हुन्।२०७९ मङि्सर ०७ गते बुधबार युग संवाददाता
गुल्मीमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । बुधबार बिहान साढे २ बजेतिर सत्यवती गाउँपालिकाको कुटडाँडामा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।२०७९ मङि्सर ०६ गते मङ्गलबार युग संवाददाता
मंगलबार साढे ७ बजेसम्म ७ निर्वाचन क्षेत्रको नतिजा आएको छ । जसमा ४ स्थानमा कांग्रेस, २ स्थानमा एमाले र एक स्थानमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका छन् ।२०७९ मङि्सर ०६ गते मङ्गलबार युग संवाददाता
नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा दोब्बर बढी मतका साथ आफ्नो अग्रता यथावत राखेका छन् ।