२०७९ कार्तिक २१ गते सोमबार युग संवाददाता
आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सुरक्षा सतर्कता बढाइएको छ । केही साना राजनीतिक पार्टी र समूहले निर्वाचन बहिष्कार गरी चुनावविरोधी गतिविधि र भ्रम फैलाउन सक्ने भएकाले देशभरको सुरक्षा सतर्कता बढाएर थप सुदृढ बनाइएको हो ।२०७९ कार्तिक २१ गते सोमबार युग संवाददाता
आज कार्तिक २१ गते सोमबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३१.६१ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.२१ रुपैयाँ रहेको छ ।२०७९ कार्तिक २० गते आइतबार युग संवाददाता
रामबाबु गुरुङ निर्देशित फिल्म फूलबारीको फष्टलुक पोस्टर सार्वजनिक गरिएको छ । आगामी फागुन ५ गतेबाट प्रदर्शनमा आउने फिल्मको सार्वजनिक पोस्टरमा मुख्य कलाकार विपिन कार्की, दयाहाङ राई, प्रियंका कार्की, अरुणा कार्की, शिल्पा मास्के, गौमाया गुरुङलाई स्थान दिइएको छ ।२०७९ कार्तिक २० गते आइतबार युग संवाददाता
वर्षको ६ महिना पनि विद्यालय जान नपाएका बालवालिका शनिबार र बिदाको दिनमा समेत विद्यालयमा पढ्न पाएपछि खुशी भएका छन् ।२०७९ कार्तिक २० गते आइतबार युग संवाददाता
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्ला डडेलधुरामा चुनावी प्रचार गरेर आइतबार धनगढी फर्किएका छन् ।२०७९ कार्तिक २० गते आइतबार युग संवाददाता
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चरित्र हत्या हुनेगरी निर्वाचनको प्रचार नगर्न निर्वाचनका उम्मेदवारलाई सचेत गराएका छन् ।२०७९ कार्तिक २० गते आइतबार युग संवाददाता
सुदूरपश्चिम प्रदेशभित्रका एक हजार एक सय ६१ मतदान स्थलमध्ये ३ सय ५२ अति संवेदनशील मानिएका छन । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलालीले दिएको जानकारी अनुसार ४ सय ४ मतदान स्थल संवेदनशील र चार सय पाँच स्थल सामान्य रहेका छन ।२०७९ कार्तिक २० गते आइतबार युग संवाददाता
पछिल्लो २४ घण्टामा देशभर थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ८७९ जनामा गरिएको नमुना परीक्षणमा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।२०७९ कार्तिक २० गते आइतबार युग संवाददाता
दसैँ–तिहारपछि कैलालीको टीकापुर उद्यान (पार्क) पर्यटकले भरिभराउ भएको छ । पार्कमा विशेषगरी देउसीभैँलो खेलेर वनभोज (पिकनिक) खान आउने बढी भरिन्छन् ।२०७९ कार्तिक २० गते आइतबार युग संवाददाता
कालीकोटका मतदातालाई आगामी मङ्सिर ४ गतेको चुनावभन्दा मेलापातकै चटारो बढी छ । यही कात्तिक र मङ्सिर महिनामा अन्नबाली भित्र्याउने र अन्नबाली लगाउने समय भएकाले मतदातालाई मेलापातकै चटारो भएको हो ।२०७९ कार्तिक २० गते आइतबार युग संवाददाता
विश्वव्यापी जलवायु परिवर्तनमा अत्यन्त न्यून मात्र भूमिका रहेको नेपालले अर्थतन्त्रमा भने नराम्रो क्षति बेहोर्नुपर्ने देखिएको छ। जलवायु परिवर्तनबाट सिर्जित जोखिमको न्यूनीकरण हुन नसके मुलुकको अर्थतन्त्र त्यसको चपेटामा पर्ने प्रक्षेपण गरिएको छ।२०७९ कार्तिक २० गते आइतबार युग संवाददाता
तरकारी खाने काउलीमा लुकाएर गाँजा तस्करी गर्ने एक जनालाई प्रहरीले काठमाडौंको नागढुंगाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा ६१ वर्षीय साइँला तामाङ छन् ।२०७९ कार्तिक २० गते आइतबार युग संवाददाता
चुनावी प्रचारप्रसारको सिलसिलामा गृह जिल्ला डडेल्धुरामा रहेका नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आज पनि गृहजिल्ला डडेल्धुरामा दुईवटा चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् ।२०७९ कार्तिक २० गते आइतबार युग संवाददाता
मङ्सिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कैदीबन्दीले कारागारबाटै मतदान गर्न पाउने भएका छन् । मतदाता नामावलीमा नाम भएका कैदीबन्दीलाई कारागारबाटै मतदान गर्ने व्यवस्था गरिएको हो ।२०७९ कार्तिक २० गते आइतबार युग संवाददाता
कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ नयाँ बस्तीका किसानहरु अन्य बालीभन्दा तरकारीमा बढी फाइदा हुन थालेपछि तरकारी खेतीमा लागेका छन्। यहाँ रहेका ४१ राना परिवार सबैले तरकारी खेती गर्दै आएका छन् ।२०७९ कार्तिक १९ गते शनिबार युग संवाददाता
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई ध्यानमा राखेर बैतडीका सबै स्थानीय तहमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भएको छ । निर्वाचनको मिति नजिक आइरहेको बेला मतदान कसरी गर्ने भन्ने विषयमा जानकारी दिन उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।२०७९ कार्तिक १९ गते शनिबार युग संवाददाता
निर्वाचन आयोगले एमालेको तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार कोमल वलीसँग स्पष्टीकरण सोधेको हो ।२०७९ कार्तिक १९ गते शनिबार युग संवाददाता
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एव् प्रवक्ता डा. प्रकाशशरण महतले मङ्सिर ४ गते हुने निर्वाचनमा बहुमत गठबन्धनको पक्षमा आउने बताए ।२०७९ कार्तिक १९ गते शनिबार युग संवाददाता
डडेलधुरामा जनता समाजवादी पार्टी (जसपा) बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका श्याम सिनालले उम्मेदवारी निष्क्रिय बनाउने भएका छन् ।२०७९ कार्तिक १९ गते शनिबार युग संवाददाता
आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरुको निर्वाचनलाई लक्षित गरी यहाँ मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाइएको छ ।२०७९ कार्तिक १९ गते शनिबार युग संवाददाता
बैतडीको मेलौली नगरपालिका ६ की हरु भट्ट किशोरकिशोरीका माग पूरा गराउन वडा कार्यालय सम्म पुग्ने गरेकी छन् । किशोरकिशोरीका माग सहित योजना बनाएर उनले वडा कार्यालयमा बुझाइन् ।२०७९ कार्तिक १९ गते शनिबार युग संवाददाता
१५ वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र बङ्गलादेश खेल्दैछन् । खेल बङ्गलादेशको ढाकामा दिउँसो सवा ४ बजे सुरु हुनेछ । बङ्गलादेश र नेपाल दुवै चलिरहेको प्रतियोगितामा लगातार दोस्रो जितको प्रयासमा छन् ।२०७९ कार्तिक १९ गते शनिबार युग संवाददाता
डडेल्धुरामा नेपाली कांग्रेस बिपीका कर्णबहादुर मल्ललाई सहयोग गर्ने नेकपा एमालेले निष्कर्ष निकालेको छ । डडेल्धुरामा एमाले र कांग्रेस बीपीबीच भाँडिएको चुनावी तालमेल पुनः कायम भएको हो ।२०७९ कार्तिक १९ गते शनिबार युग संवाददाता
जाजरकोटको सबै पालिकामा नमूना मतदान भएको छ । स्थानीय सर्वसाधारणलाई सहभागी गराएर जिल्लाका सातै पालिकामा नमूना मतदान गरिएकोे हो । भोट बदर हुने सङ्ख्या कम गर्नका लागि नमूना मतदान आयोजना गरिएको जिल्ला निर्वाचन अधिकारी नवीन कठायतले जानकारी दिए ।२०७९ कार्तिक १९ गते शनिबार युग संवाददाता
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ।