धनगढीमा खैरो हेरोईनसहित एक जना भारतीय पक्राउ

युग संवाददाता     267 पटक पढिएको    

धनगढीमा खैरो हेरोईनसहित एक जना भारतीय पक्राउ


धनगढी। सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीबाट खैरो हेरोईनसहित एक जना भारतीय पक्राउ परेका छन्। १७ ग्राम २४ मिलीग्राम खैरो हेरोईनसहित भारत लखिमपुर खिरी पलियाकलाका २० वर्षीय करन रानालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ

शुक्रबार दिउँसो धनगढी उपमहानगरपालिका वडा नम्बर १८ बाट उक्त परिणामको लागुऔषध खैरो हेरोईनसहित पक्राउ गरिएको हो।रानालाई विशेष सूचनाका आधारमा नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, लागु औषध नियन्त्रण ब्युरो शाखा महेन्द्रनगर र ईलाका प्रहरी कार्यालयबाट फुलबारीको संयुक्त टोलीले पक्राउ गरेको हो । रानालाई नियन्त्रण लिएर जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको जनाएको छ ।



शुक्रबार ०२, चैत २०८० ०१:३१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal